सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस–एमाले नवीन सहकार्य राजनीतिक स्थायित्व र संविधान संशोधन

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्रेस–एमालेले २०७२ को संविधान जारी भएपछि राजनीतिक स्थायित्व र संविधान संशोधनसहितको मुद्दामा सहकार्यको थालनी गरेका हुन् ।

एक सातादेखि गृहकार्यमा रहेका कांग्रेस–एमालेका शीर्ष नेताले सोमबार मध्यरातमा सत्ता सहकार्यको अन्तिम खाका तयार गरेका हुन् । बुढानीलकण्ठस्थित एक व्यवसायीको घरमा पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच दुई दलको सत्ता गठबन्धन बनाउने र त्यसमा साना दललाई पनि समावेश गर्ने सहमति भएको थियो ।

एमाले महासचिव शङ्कर पोखरेलका अनुसार दुई दलको सहमतीय सरकारको नेतृत्व सुरुमा एमाले अध्यक्ष ओलीले गर्नुहुने छ । उहाँले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र सोही अनुरूप कानुन निर्माण गर्ने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी विषयसँग सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गराउने समझदारी भएको छ ।”

कांग्रेस र एमालेबिच संविधान संशोधनसँगै सङ्घीय सरकारमा सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारहरूको नेतृत्वसहित संविधान कार्यान्वयनमा देखिएको जटिल पक्षलाई संशोधन गर्ने गरी समझदारी निर्माण भएको छ । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त