सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा। रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

बारागढी गाउँपालिका –५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।

उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ।

कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ। हत्याका मुख्य दोषी भने फरार छन्। निजलाई पक्राउ गर्न प्रहरीले मित्र राष्ट भारतका सुरक्षा अधिकारीसँग निरन्तर सम्पर्कमा बसी खोज तलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

गोली हान्ने मुख्य दोषी पक्राउ गर्न नागरिक अगुवा, क्याम्पस व्यवस्थापन समिति, कर्मचारी, राजनीतिकर्मी र विद्यार्थीले दबाब दिँदै आएका छन्। कुशवाहाको हत्याले सिंगो जिल्लामा त्रास फैलिएको छ। बारामा आठ महिना अवधिमा चार जनाको गोली हानी हत्या भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

जीटीबी अस्पतालमा बिरामीको गोली हानी हत्या

१०२ किलो गाँजासहित तीन जना पक्राउ

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

श्रीमतीको हत्या गरी श्रीमान फरार, धुँईपताल खोज्दै प्रहरी

जनपद प्रहरी पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ