सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धनगढीले एसईई ग्रेडवृद्धि परीक्षाको तयारी कक्षा चलाउन अनुदान दिने

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको धनगढी उपमहानगरपालिकाले माद्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको तयारी कक्षा सञ्चालन गर्न अनुदान दिने भएको छ ।

उपमहानगरपालिकाले गणित र विज्ञान विषयको कक्षा चलाउन विद्यालयहरूलाई अनुदान दिने निर्णय गरेको हो । साउन २३ गतेदेखि ग्रेडवृद्धि परीक्षा हुँदैछ ।

साउन २२ गतेसम्म कक्षा चलाउन धनगढीका २६ सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको धनगढी उपमहानगरपालिकाका प्रशासकीय प्रमुख नरेन्द्रनहादुर खातीले बताए । उनले गणित र विज्ञान विषयमा ननग्रेड (एनजी) आएका विद्यार्थीहरूका लागि कक्षा चलाउन विद्यालयहरूलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराउने बताए ।

ग्रेडवृद्धि दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने प्रशासकीय प्रमुख खातीको भनाइ रहेको छ । गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या शिक्षा महाशाखामा पठाउन विद्यालयलाई सजिलो होस् भनेर उपमहानगरपालिकाले क्युआर कोडको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

हजुरआमाहरुको पढ्ने हुटहुटीः “पढाइ बुझेपछि छोड्नै मन छैन”

भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयमा स्मृति कोष निर्माण

साल्पासिलिछोद्वारा नि:शुल्क प्राविधिक शिक्षा

संस्कृत विश्वविद्यालयका रजिष्ट्रार अधिकारीको जिम्मेवारी खोसियो

‘मेयर छात्रवृत्ति’ वितरण

सयभन्दा कम विद्यार्थी भएका सरकारी विद्यालय बढी

बालीविज्ञान पढ्ने विद्यार्थी खोज्दै विद्यालय

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’