सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौं-तराई मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

२०८१ असार २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६ सय १२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए। सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनु भएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए। उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल लगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति रहेको थियो।

यस अघि गत जेठ ०४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार  ६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार  ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्गहरु छिचोलिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो

गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी

सौर्य एयरलाइन्सको विमान दुर्घटना: पाइलटलाई अस्पताल लगियो, उद्धारकार्य जारी

बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

विपद् व्यवस्थापनमा क्रियाशील नेपाली सेना

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

प्रधानमन्त्री ओली भोलि विश्वासको मत लिनुहुँदै : विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण