काठमाण्डौः मृगाैलाकाे अवैध काराेबारमा संलग्न चिकित्सकसहित ६ जना प्रहरीकाे फन्दामा परेका छन् ।
गैरकानुनी रुपमा फर्जी कागजातकाे आधारमा मृगाैला प्रत्यराेपण भएकाे सूचनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
यसरी पक्राउ पर्नेमा चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेकाे हाे ।
चिकित्सकले आर्थिक लेनदेन गरेर फर्जी नाता कायम गर्दै गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोग गरेको प्रहरीको दावी छ। नियन्त्रणमा लिइएकालाई प्रहरीले आइतबार सार्वजनिक गर्ने पनि जनाएको छ।
