सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

२०८१ असार २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिवुड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ ।

जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।

फिल्मले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो फिल्मको विश्वव्यापी कमाईको आँकडा पनि तिब्र गतिमा बढिरहेको छ । आज निर्माताले ११ दिनको कमाईको अपडेट सेयर गरेका छन् ।

नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भारत स्तरमा रिलिज भएको छ । केवल ११ दिनमा फिल्मले भारतमा सबै भाषासहित ५०७ करोड भारुको व्यापार गरेको थियो । योसँगै फिल्म ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले साझा गरेको जानकारी अनुसार यो फिल्मले विश्वभर ९०० करोड कमाएको छ ।

निर्माण पक्षले फिल्मको नयाँ पोस्ट सार्वजनिक गरेको छ । यो फिल्मलाई ९०० करोडको आँकडाको साथ एक एपिक ब्लकबस्टरको रूपमा वर्णन गरिएको छ । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, ‘जादुई माइलस्टोनतर्फ अघि बढ्दै…’। चलचित्रको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले पनि १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् । चलचित्र ‘कल्की २८९८ एडी’ को सिक्वेलको काम पनि सुरु भएको बताइएको छ ।

फिल्म कल्की करिब ६ सय करोडको बजेटमा बनेको हो । यो फिल्मले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाईको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा चलचित्र छिट्टै हिट र सुपरहिटको श्रेणीमा पर्नेछ ।

फिल्म ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको क्यामियो पनि छ। यो फिल्मको सिक्वेलको पनि घोषणा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

हाँस्य कलाकार बलेले गरे विवाह

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने