सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’

२०८१ असार २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसैगरि जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यायलयको भौतिक संरचना निर्माण र स्तरोन्नत्तिमा ध्यान दिन आग्रह गरिएको छ ।

नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनका लागि एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र प्रति कक्षा पङ्खाको अवधारणा लागू गर्न आर्थिक वर्ष २०७९÷८० मा रु ६ करोड र चालू आर्थिक वर्ष २०८०÷८१ मा रु आठ करोड विनियोजन गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।

नगरप्रमुख चौधरीका अनुसार यस वर्ष तीन सय ३० बेन्च र ३६ कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको छ । विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । “प्रविधिमैत्री बनाउन र साधनस्रोत कम भएका विद्यालयलाई आवश्यकताका आधारमा नगरले सहयोग गर्दैआएको छ”, उहाँले भन्नुभयो ।

एक विद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ स्वयम सेवक शिक्षक भर्ना गरिएको छ । नगरका ५९ सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नशील रहेको नगरप्रमुख चौधरीले बताउनुभयो ।

सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले नगरपालकाको नियमित अनुगमनबाट शैक्षिक सुधार गर्न हौसला मिलेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

बाढीले विद्यालय भवनमा क्षति

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ : मन्त्री भट्टराई

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक तहमा आईटी कार्यक्रममा भर्ना खुल्यो

स्नातक तहको चौथो वर्षमा मौका परीक्षा दिन पाइने

किताब जात्राको छैटौं संस्करण हुँदै

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित