सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महासंघको विधान कार्यसमितिबाट सर्वसम्मत पारित, अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

२०८१ असार २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान थियो ।

सो विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए ।

उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष भएपछिको अर्काे एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

२५ हजार राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमै थन्किए

माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

माइक्रोसफ्ट डाउन: सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा उथलपुथल

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

अबदेखि काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

जापान सरकारले अन्ततः बन्द गर्यो फ्लपी डिस्क प्रयोग

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर