सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपसभामुख नेतृत्वको टोली स्वदेश फिर्ता

२०८१ असार २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपसभामुख इन्दिरा रानामगरको नेतृत्वमा चीन गएको टोली स्वदेश फर्किएको छ । ‘फोर्थ चाइना सिजाङ्ग ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेशन’ कार्यक्रममा सहभागी भएर टोली सोमबार हिमालय एअरको उडान नम्बर ‘एच९७७५’ मार्फत स्वदेश फिर्ता भएको हो ।

उक्त टोलीमा मगरसहित प्रतिनिधि सभा सदस्य सुहाङ्ग नेम्वाङलगायत पाँच जना रहेका छन् । त्यसैगरी,राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सना पनि सोही विमानमार्फत काठमाडौं आएको जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन उनीहरु गत असार १८ गते चीन  गएका थिए ।

उपसभामुख मगरले सम्बोधनका क्रममा  गर्दै  चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राखेकी थिइन्  । उनले राष्ट्रहरूबिच साझा समृद्धि र विकास एवम् सहकार्यको लागि चीनको प्रयास सह्रानिय रहेको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरु बिच कनेक्टीभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न फोरमले योगदान पु¥याउने विश्वास  ब्यक्त गरेकी थिइन्।

भ्रमणका क्रममा उनले  चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाट पनि गरेकी थिइन् ।

सोही क्रममा उनले चीनियाँ कम्युनिष्ट पार्टी (सीपीएन)का  उपसचिव चेन योङ्छी लगायत पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन् । भेटमा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको बताइएको छ  ।

त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद्को विभिन्न समितिमा १८ सदस्यको नाम हेरफेर

नवगठित सरकारलाई बधाईसँगै जनगुनासा सम्बोधनका लागि ध्यानाकर्षण

एमालेको आरोप- २०७२ देखि उर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन

५ हजार घुस प्रकरण: मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

विश्वासको मतमाथिको मत बिभाजनको प्रक्रिया शुरु