सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भद्रगोल राष्ट्रिय परीक्षा बोर्ड, तीन वर्षदेखि महत्वपूर्ण महाशाखाहरू प्रमुखविहीन

२०८१ असार २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्षको झण्डै १० लाख विद्यार्थीको परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको महत्वपूर्ण महाशाखाहरूका प्रमुखको पद ३ वर्षदेखि खाली छ। बोर्डको अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख खाली हुँदा पनि बोर्डले कर्मचारी खटाउन सकेको छैन।

त्यतिमात्र होइन, बोर्डमा स्थायी कर्मचारी हुँदाहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधा दर्जनभन्दा बढी परीक्षा कार्यालयमा करारका कर्मचारीलाई प्रमुखको जिम्मा दिएको छ।

रापबोर्डमा डेढ महिनाअघि प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्याल सदस्य सचिवमा नियुक्ति भएपछि प्रशासन महाशाखा प्रमुख रिक्त छ। योजना तथा मूल्याङकन महाशाखा प्रमुखमा गोविन्द टण्डन हुनुहन्छ। तर, कर्मचारी व्यवस्थानदेखि वृत्ति विकासलगायत सम्पूर्ण काम गर्ने प्रशासन महाशाखा प्रमुख पद रिक्त हुँदा बोर्डका उच्च अधिकारीलाई मतलब छैन। सदस्य सचिव अर्यालयले पदबहाली गरेको दिन भन्नुभएको ‘अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने?’ भन्ने भनाइबाट कर्मचारीले आफूहरूमध्येबाट महाशाखा प्रमुख नियुक्ति हुने विषयमा अपेक्षा गरेका छन्। तर, उद्घोष गरेअनुसार महाशाखा प्रमुख नियुक्ति गर्न नसकेका सदस्य सचिव अर्यालले कर्मचारीसँग भेट गर्ने क्रममा चाँडै जिम्मेवारी दिने बताउने गर्नुभएको छ।

सदस्य सचिव अर्यालले नेपाल समाचारपत्रसँगको कुराकानीमा केही समस्याहरूलाई निराकरण गरेर चाडैं नियुक्ति प्रक्रिया थाल्ने बताउनुभयो । बोर्डका महाशाखा र शाखाको बारेमा अध्ययन गरेर रिक्त भएका शाखा र महाशाखामा चाडै प्रमुख नियुक्ति गर्ने जानकारी दिदै सदस्य सचिव अर्यालले भन्नुभयो– ‘बोर्डको कामलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कर्मचारीको व्यवस्थापन गर्नेछौ ।’

स्रोतका अनुसार बोर्डले कर्मचारी व्यवस्थापन गर्न नसकेपछि मन्त्रालयले हस्तक्षेप गरेको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय वागमतीको प्रमुखमा जयन्ती सत्याल रहनुभएको छ। विराटनगर र गण्डकी प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारी मन्त्रालयका कर्मचारीलाई दिएको छ। विराटनगरमा उपसचिव जीवन गड्तौता र गण्डकी प्रादेशिक कार्यालयमा निमित्त निर्देशकको रूपमा लक्ष्मण देवकोटालाई जिम्मा दिइएको छ।

त्यसबाहेक डडेल्धुरा शाखा कार्यालयमा नारायणदत्त भट्ट, सुर्खेतमा कृष्णकुमार श्रेष्ठ, हेटौडा शाखा कार्यालयमा कृष्णप्रसाद घिमिरे र नेपालगञ्जमा राम सुरेश यादवलाई प्रमुखको जिम्मा दिएको छ। नेपालगञ्जका प्रमुख यादवलाई शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको समेत जिम्मा दिएको छ।

‘रापबोर्डका कर्मचारी कामविहीन भएर मुख्यालयमा थन्किएका छन्, तर मन्त्रालयले एक व्यक्तिलाई इकाइ र शाखा कार्यालयमा समेत जिम्मेवारी दिएको छ’ –बोर्डका एक कर्मचारीले भने ।

बोर्डले जनकपुर, लहान, बुटबल, दाङ र धनगढी शाखा कार्यालयमा बोर्डका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिएको छ। उता, अधिकांश अस्थायी कर्मचारी कार्यरत बोर्डमा १५ वर्षदेखि एउटै पदमा रहेका कर्मचारीको बढुवा हुन सकेको छैन। कर्मचारी व्यवस्थापन गर्न नसक्दा बोर्डको परीक्षाको अतिगोप्य काममा समेत करारमा कर्मचारी परिचालन गर्ने गरेको छ। नेपाल समाचारपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

बाढीले विद्यालय भवनमा क्षति

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ : मन्त्री भट्टराई

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक तहमा आईटी कार्यक्रममा भर्ना खुल्यो

स्नातक तहको चौथो वर्षमा मौका परीक्षा दिन पाइने

किताब जात्राको छैटौं संस्करण हुँदै

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित