सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

२०८१ असार २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न भएको बताउनुभयो । सांसद श्यामकुमार घिमिरेले सरकारले बाढीपहिरोबाट क्षति हुन नदिन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “बिना योजना बस्ती बनाउँदा धेरै क्षति भएको छ । अधिकांश स्थानमा सडक अवरुद्ध छ”, उहाँले भन्नुभयो, “सडक निर्माणका लागि आवश्यक बजेट छुट्याइनुपर्छ ।”

सांसद प्रेम सुवाल, रामप्रकाश चौधरी र चित्रबहादुर केसीले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद्को विभिन्न समितिमा १८ सदस्यको नाम हेरफेर

नवगठित सरकारलाई बधाईसँगै जनगुनासा सम्बोधनका लागि ध्यानाकर्षण

एमालेको आरोप- २०७२ देखि उर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन

५ हजार घुस प्रकरण: मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

विश्वासको मतमाथिको मत बिभाजनको प्रक्रिया शुरु