सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

२०८१ असार २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन् ।

निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक प्रदीप संग काम गर्दा नयाँ अनुभव हुने बताए । भाद्र महिनाको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन् ।

निर्माण टिम र निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ ।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

हाँस्य कलाकार बलेले गरे विवाह

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने