सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विभिन्न मुद्दाका फरार पाँच प्रतिवादी प्रहरी नियन्त्रणमा

२०८१ असार २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, असार २५ गते । कैलाली प्रहरीले विभिन्न मुद्दाका फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा सजाय सुनाइएका टीकापुर नगरपालिका–१ का रोशन सुनार, सवारी ज्यान मुद्दाका सोही ठाउँकै ४० वर्षका रोमी साउद, लागूऔषध मुद्दाका बर्दियाको गुलरिया नगरपालिका–९ का १९ वर्षीया मुस्कान विक छन् ।

यसैगरी, चोरी मुद्दाका कसुरदार लम्कीचुहा नगरपालिका–५ का २१ वर्षीय प्रकाश विक र जुवातास मुद्दामा जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–१ का ४६ वर्षीय केसर बोगटी रहेको जनाइएको छ । कैलाली जिल्ला अदालतले दोषी ठहर गरेपछि उनीहरु फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिरहामा हत्या गरेको अभियोगमा पक्राउ

मन्त्रिपरिषदको निर्णय सार्वजनिक, यस्ता छन मुख्य निर्णयहरु

अवैध १२ लाख नगदसहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ

मानव बेचबिखनमा संलग्न युवक प्रहरी नियन्त्रणमा

चीनतर्फ तस्करी हुन लागेको अमेरिकी मुद्रासहित एक जना पक्राउ

पोथी गैंडा मृत फेला

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

सर्वोच्चभित्रै महिला प्रहरीलाई हातपात गर्ने चौधरी पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ