सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झलनाथका नाममा सर्पपालन: पूर्वमन्त्रीलाई नौ वर्ष कैद सजाय

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवलाई भ्रष्टाचार मुद्दामा नौ वर्ष कैद सजाय भएको छ। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्ट्राचार प्रकरणमा उनलाई विशेष अदालतले मंगलबार पूर्वमन्त्री यादवलाई नौ वर्ष १ महिना कैद सजाय सुनाएको हो ।

प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा विशेषले यही असार ११ गते तत्कालीन मन्त्रीसहित पाँचजनालाई दोषी ठहर गरेको थियो ।उनलाई ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्ते आदेश दिएको हो ।

अन्य प्रतिवादीहरू लक्ष्मणप्रसाद यादव, रामदरास राउत, शेरबहादुर राउत, कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीलाई जनही दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

त्यसैगरी, लक्ष्मणप्रसाद यादव र रामदरस राउतलाई थप तीन महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, रेवतीप्रसाद पन्त, नवराज भण्डारी, देवेन्द्र राय र निरज भण्डारीलाई जनही ८–८ वर्ष कैद हुने फैसला भएको छ । यस्तै, उनीहरू सबैलाई जनही तीन करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवानासमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

गुरुङ सम्पदा पदमार्ग घोषणा

प्रधानमन्त्री ओली विमानस्थलमा

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलले आज टुङ्गो लगाउदै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यले लिए शपथ

ढुक्क भएर लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन आग्रह

सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने

‘न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका जनताका बारेमा पनि छलफल गरौँ ’

निर्माण व्यवसायीका जायज मागप्रति सरकार सकारात्मक: सहरी विकास मन्त्री