सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले मङ्गलबार कायरोमा सिआइएका निर्देशक विलियम बर्न्ससँग भेट गर्नुभएको छ । कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे छलफल गरेका छन् ।

सिसीको कार्यालयले भनेको छ, “दुवै जनाले गाजा पट्टीमा युद्धविराम र युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमहरूबारे छलफल गर्नुभयो ।” ट्याङ्क र युद्धक विमानहरूद्वारा समर्थित इजराइली सेनाले सोमबार गाजा सहरमा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

मध्यस्थकर्ताहरू इजिप्ट र कतार गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतासम्म पुग्ने उद्देश्यले महिनौँदेखि वार्तामा संलग्न छन् । कुनै पनि युद्धविराम सम्झौताको पहिलो चरणमा दिगो इजराइली युद्धविराममा आफ्नो जिद्दी त्याग्न तयार रहेको सङ्केत हमासले दिएपछि हालका दिनमा वार्ता तीव्र भएको छ ।

इजराइली आँकडाअनुसार दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा एक हजार एक सय ९५ मानिसको मृत्यु भएको र तिनमा अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणपछि सुरु भएको युद्ध १०औँ महिनामा प्रवेश गरेको छ ।

हमासका लडाकूहरूले उक्त आक्रमणका क्रममा दुई सय ५१ जनालाई बन्धक बनाएका छन् । तीमध्ये एक सय १६ जना गाजामा रहेका छन् । सेनाका अनुसार गाजामा बन्धक बनाइएकामध्ये ४२ जना मारिएका छन् ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासविरुद्ध इजराइलको जवाफी आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ३८ हजार दुई सय ४३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने

ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी

हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग ‘राष्ट्रिय एकता’ का लागि सम्झौता

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान

कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’– निर्देशक

ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो

सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक बर्ष : राष्ट्रसङ्घ

करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?