सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास (होमस्टे) निर्माण गर्ने भएको छ ।

मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएका धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । बेलबारी–१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । ११६ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताउनुभयो ।

उहाँका अनुसार माटीगाउँका १० घर घरबासका लागि छनोट भएका छन् । घरबास धिमाल जीवित सङ्ग्रहालय र सामुदायिक भवन निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २० लाख रुपियाँ विनियोजन गरेको थियो । सो रकमले विस्तृत परियोजना प्रतिवेदन निर्माण र देशका प्रमुख जातीय होमस्टेको स्थलगत अध्ययन भ्रमण भएको जोगेन्द्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेघौली चितवनको थारू घरबास, लमजुङको घलेगाउँ होमस्टेको अध्ययन भ्रमणपछि हामीले पनि केही कुरा सिकेर आएका छौँ । होमस्टे सञ्चालनले धिमाल जातिको सांस्कृतिक परिचय देशभर फैलिने मात्र होइन, चुलोचौकामा काम गरिरहेका आमा, दिदीबहिनीका लागि रोजगार पनि  सिर्जना हुने रहेछ ।”

कुनै समय झापा र मोरङका भूमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमालहरूले आफ्नो समुदायलाई आर्थिक रूपमा परिचालन गर्न नसक्दा भूमिहीन भएको ७५ वर्षीय पदम धिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो तीन बिघा जग्गा थियो । अहिले भूमिहीन भएको छु । छाप्रो हाल्नेसम्म घडेरी छ ।”

धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल सङ्ग्रहालय निर्माण गरिने जोगिन्द्र धिमालले बताउनुभयो । बेलबारी–१०, माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको नौ कट्ठा जग्गामा सङ्ग्रहालय र सामुदायिक भवन निर्माण हुने छ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देशमै पहिलो पटक धिमाल जातिको जीवित सङ्ग्रहालय निर्माण गर्न लागिएको बताउनुभयो । “एउटा जातिलाई एकै ठाउँमा बसेर चिन्न, बुझ्न र पढ्न सकियोस् भनेर यो कार्यक्रम ल्याएका हौँ,” उहाँले भन्नुभयो, “धिमाल समुदायमा सामाजिक र आर्थिक चेतना भर्ने मात्र होइन, स्वरोजगार र आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने छ ।” आर्थिक वर्ष २०८१/८२ मा पनि यो कार्यक्रमका लागि बजेट सुनिश्चित गरिएको नगरप्रमुख राईले बताउनुभयो ।

स्थानीय लक्ष्मीमाया, सूर्यमाया, पदम, नगेन्द्र र शोभा धिमालले घरबास सञ्चालन गर्ने जिम्मा लिनुभएको छ । यस्तै मेघनाथ, सकेन्द्र, ताराबहादुर, सुशीला र उषा धिमालले हामेस्टे सञ्चालन गर्नुहुने छ । घरबासमा धिमाल संस्कृतिका खानाहरू चिचिरी भात, बगिया, गेन्द्रो, चुदुर, तोये, केयाम खान पाइने छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक वर्षमा साढे तेह्र हजारभन्दा बढी राहदानी वितरण

द्वन्द्वकालीन मुद्दामा ७५ प्रतिशतसम्म सजाय छुट दिलाउने तयारी

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

जयमाला मृत्यु प्रकरणः २ महिना देखि न्यायका लागी भौंतारिदै आफन्त

उद्योगमा विद्युत् आपूर्ति सुचारु

गण्डकीमा सरकार पुनर्गठनको तयारी

रोकिएन विमानस्थलबाट हुने मानव तस्करी

पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

विश्वका १३४ वटा मुलुकसँग साढे १४ खर्बको व्यापार घाटा

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीसँग पूर्वअर्थमन्त्री पुनको भनाभन

तलब समायोजनको गृहकार्य

त्रिविमा पनि मौका परीक्षा