सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युरोकपको सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शरू हुदै छ ।

नेदरल्याण्डसले क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।

नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।

त्यस्तै इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।  त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।

नेदरल्याण्डस र ईङल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा ईङल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्डसले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
जारी युरोकपमा दुवै देशको प्रदर्शन समान किसिमकै देखिन्छ ।

स्टार खेलाडीहरुले भरपुर दुवै टिमको प्रदर्शन भने खेलाडी अनुसारको देखिएको छैन । ईङल्याण्डका लागि फिल फोडेन र ह्यारी केन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने नेदरल्याण्डसका लागि कोडी गाक्पो र भिगिल भानडाइक जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

साउदी लिग जाने चर्चामा यी प्रिमियर लिगका स्टार खेलाडी

अमेरिकामा आयोजित टी-२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो

महिला एशिया कप: आज नेपालको सामना भारतसँग

रोहित र विराट बारे नयाँ प्रशिक्षक गौतम गम्भीरले के भने ?

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पनि इङल्याण्ड विजयी

महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

महिला एशिया कप: पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित