सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बालीविज्ञान पढ्ने विद्यार्थी खोज्दै विद्यालय

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  मोरङको पथरीशनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक विद्यार्थी खोज्न मोरङका पालिकामा पुगेका छन् ।

सीटीइटीभिटीबाट मान्यता प्राप्त तीनवर्षे बालीविज्ञान विषयमा कोटा वृद्धि भएपछि विद्यालयका शिक्षकहरू विद्यार्थी खोज्न गाउँगाउँ पुगेका हुन् ।

तीन वर्षअघि सुरु भएको बालीविज्ञानमा यसअघि अधिकतम २० जनाले पढ्न पाउँथे । हाल ४० जना विद्यार्थीले पढ्न पाउने भएपछि विद्यालय विद्यार्थी खोज्न नजिकका पालिकामा पुगेको हो । बालीविज्ञान विषयका विद्यालय संयोजक चेतन पौडेलले भन्नुभयो, “पुरानो आइएस्सी एजी जत्तिकै मान्यता प्राप्त पढाइ हो ।” देशमा जनशक्तिको उच्च माग रहेको तर, थोरै खर्चमा पढाइ हुन्छ भन्ने थाहा नभएर विद्यार्थीहरूले पढ्न नपाइरहेकोले सूचना दिन पालिका पालिका पुगेको संयोजक पौडेलले बताउनुभयो ।

सीटिइभिटीसँग सम्बन्धन लिएका निजी तथा कलेजहरूले ३ लाख ५० हजार रुपियाँ लिएर ३ वर्षे कोर्ष पढाइरहेका छन् । भागीरथ माविले १ लाख ७८ हजार रुपियाँमा यो कोर्ष पढाउने भएको छ । गाउँपालिकाले वा नगरपालिकाले १ लाख ७८ हजारमा २ जना विद्यार्थी पढाउन सक्ने गरी ब्यवस्था मिलाइएको संयोजक पौडेलको भनाइ छ ।

प्राविधिक धारमा बालीविज्ञान विषय पढाउन पथरीशनिश्चरे नगरपालिकाले हालसम्म विद्यालयमा १ करोड खर्च गरिसकेको छ । पूर्वाधार निर्माण र प्रयोगात्मक शैक्षिक सामग्रीमा अरु खर्च भएको छ । झण्डै १ करोड ५० लाख रुपियाँ खर्च भइसकेपछि कोटा अनुसार विद्यार्थी पढाउन सक्दा लागत खर्च पनि घट्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्कीले बताउनु भयो ।

कार्कीले भन्नुभयो, “सस्तो मूल्यमा प्राविधिक शिक्षा पढ्न पाइने मात्र भएन । कृषि प्राविधिकमा सरकारले जनशक्ति माग्दा, माग अनुसार फर्म भर्नेसम्म जनशक्ति नभएको पाएका छौं । त्यसैले अलि बढी जोड गरेका हौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

बाढीले विद्यालय भवनमा क्षति

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ : मन्त्री भट्टराई

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक तहमा आईटी कार्यक्रममा भर्ना खुल्यो

स्नातक तहको चौथो वर्षमा मौका परीक्षा दिन पाइने

किताब जात्राको छैटौं संस्करण हुँदै

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित