सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः  मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।

केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् ।

इन्स्टाग्राममा उनका एक लाख ९० हजार भन्दा बढी फलोअर्स छन् र उनले खाना, संस्कृति, फेसन, सौन्दर्य र यात्रासँग सम्बन्धित पोष्ट गर्ने गर्छिन् । ‘मेरो प्रयास मोरक्कोको समृद्ध सम्पदालाई प्रदर्शन गर्ने हो, जसले संस्कृति र प्रविधिको अद्वितीय मिश्रणलाई प्रतिबिम्बित गर्दछ,’ केन्जा ल्यालीले जितपछि भनिन् ।

एआई मोडेल केन्जा लाइल आफ्ना फ्यानहरूसँग सात फरक भाषामा जोडिन २४/७ उपलब्ध छिन् । केन्जा भन्छिन्, मेरो लक्ष्य महिला सशक्तिकरण, वातावरण संरक्षण र एआई बारे सकारात्मक जागरूकता फैलाउन मेरो ख्याति प्रयोग गर्नु हो ।

केन्जालाई एआई उपकरण प्रयोग गरेर बनाइएको हो, जसले मानव क्षमताहरूलाई पूरक बनाउन डिजाइन गरिएको हो, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन । उनले आफ्नो उद्देश्य डर हटाउन तथा मानव र एआई बीच स्वीकृति र सहयोग प्रवर्द्धन गर्नु रहेको बताएकी छन् । उनले मोरक्कोका लागि यो अवार्ड जित्न पाउँदा निकै गर्व लागेको पनि बताइन् ।

फिनिक्स एआईका सीईओ बेसाले मोरक्कोलाई गर्वका साथ प्रतिनिधित्व गर्ने अवसर भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

हाँस्य कलाकार बलेले गरे विवाह

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने