सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गुल्मी पूर्ण खोप दिगोपन सुनिश्चतता जिल्ला घोषणा

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता जिल्ला घोषणा गरिएको छ ।

जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जानकारी दिनुभयो ।

गुल्मी जिल्लालाई २०७१ साल चैत ३० गते  नेपालमै सातौं जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पूर्ण खोप दिगोपना सुनिश्चतताको प्रमाण पत्र जिल्ला खोप समन्वय समितिका प्रमुख दोर्णबहादुर खत्रीलाई प्रदान गर्दै लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार थापाले आगामी दिनहरुमा पनि खोपको सुनिश्चता गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरिएको छ । प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन,  खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गरिने गरेको  आचार्यले जानकारी दिनुभयो ।

लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न र दिगोपनाको लागि  स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने  पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले बताउनुभयो ।

खोप कार्यक्रममले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टङ्कार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज इन्सेफलाइटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बि नियन्त्रण साथै खोपद्धारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी जिल्लामा खोपकेन्द्र तीन सय ३२ वटा रहेका छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

कलेजो प्रत्यारोपण: पुरुष लिन्छन्, महिला दिन्छन्

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि काम भइरहेको स्वास्थ्य मन्त्रीको प्रष्टोक्ति

डेङ्गु सङ्क्रमित बढेपछि ‘लार्भा खोज र नष्ट गर’अभियान

‘बर्थिङ सेन्टर’मा तालाबन्दी

प्रत्येक आइतबार रक्तदान शिविर चलाउँदै वीर अस्पताल

पानी कम हदा शरीरमा देखिने असर के के हुन ? हेर्नुहाेस

नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य

राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू