सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका मन्त्री अहिरले बुधबार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।

कांग्रेस–एमाले गठबन्धनको साथमा रहेकाले माओवादी नेतृत्वको सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको पार्टीमा महासचिव इस्तियाक राईले बताए ।राईले योसँगै कृषि मन्त्रीबाट चौथोपटक राजीनामा बुझाएका हुन् ।

अहिरले केन्द्रको निर्देशनअनुसार आफूले मन्त्री पदबाट राजीनामा दिएको बताए । पछिल्लो प्रदेश सभामा बाँकेबाट निर्वाचित अहिर जसपा संसदीय दलको नेता हुन् । प्रदेश सभाको दोस्रो कार्यकालमा बनेका तीन वटै सरकारमा उनी मन्त्री बनेका थिए ।

जसपामा विवाद हुँदा उनले राजीनामा दिएका थिए । अब बन्ने गठबन्धनमा पनि उनको दल सरकारमा सहभागी हुने जनाइएको छ । मुख्यमन्त्री महरालाई दिएको समर्थन सत्तारुढ दल एमालेले पनि फिर्ता लिएपछि महरा अल्पमतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय- प्रधानमन्त्री ओली

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लुम्बिनी एमाले संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

परराष्ट्रमन्त्रीसँग क्यानडाका गैरआवासीय राजदूतको भेट