सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेरबारे छलफल

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम आगामी साउन मसान्तसम्म सम्पन्न गर्न निर्देश गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको उक्त बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय- प्रधानमन्त्री ओली

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लुम्बिनी एमाले संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

परराष्ट्रमन्त्रीसँग क्यानडाका गैरआवासीय राजदूतको भेट