सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

CPN र CPC को सैद्धान्तिक विचार गोष्ठी काठमाण्डौंमा शुरू, नेपाल एक चीन नीतिमा अडिग रहेको प्रधानमन्त्रीको खुलासा

२०७६ असोज ६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुइ दिने सैद्धान्तिक विचार गोष्ठी कार्यक्रम काठमाण्डौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतित्थ्यता रहेको कार्य्रकममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को विशेष आथित्यता तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको बिशेष उपस्थिति रहेको थियो ।

सि जीन पिन नँया युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार धाराको परिचयात्मक कार्यक्रम तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी विचको सैद्धान्तिक विचार गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको घनिष्ठ सम्बन्ध स्वाभाविक र सान्दर्भिक र हाम्रो मित्रता खुल्ला भएकोले स्वार्थभन्दा माथि रहेको समेत बताएका हुन् । नेपाल एक चीन नीतिमा अडिग रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल भूमि र आकाश चीनविरुद्ध कदापी प्रयोग हुन नदिइने समेत बताएका छन् ।

यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषता अनुसार कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्ने प्रयत्न गर्दै आएको बताएका थिए ।

सोही अवशरमा बोल्दै उपप्रधान एवं रक्षामन्त्री समेत रहेका नेता इश्वर पोखरेलले नजिकिएको चीनको स्वतन्त्रता दिवसको अवसरमा चिनियाँ जनतालाई बधाई दिँदै चिनियाँ राष्ट्रपति जिनपिङको गरिबी हटाउने योजना सफल होस् भनी शुभकामना समेत व्यक्त गरेका थिए ।

यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री सोन थावले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको चार समानताको विषयमा चर्चा गरेका थिए । साथै उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपालसँग हातमा हात मिलाएर अघि बढ्न चाहेको प्रस्ट्याउँदै नेपाल र चीन आपसी हितयुक्त काम गर्न तयार हुनुपर्ने बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय पार्टी स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागको सयुंक्त आयोजनामा शुरू भएको गोष्ठीको सभापतित्व नेकपाका केन्द्रीय स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका १५ जना प्रतिनिधी तथा पदाधिकारीहरू र नेपाल कम्युनिष्ट पार्टीका प्राय सबै केन्द्रिय नेताहरूको उपस्थिति रहेको गोष्ठी मंगलबार सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

राष्ट्रपति भवनमा घटस्थापना

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्नुहुने

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सरिक

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्छ: उपराष्ट्रपति यादव

तीन दिन राष्ट्रिय शोक घोषणा