सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुक्छे निर्वाचित

२०७६ असोज ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मजदुर किसान पार्टीको सातौं अधिवेशनले नारायणमान बिजुक्छे (रोहित) लाइ पुनः अध्यक्षमा निर्वाचित गरेको छ । भक्तपुरको लिवाली स्थित ख्वप इन्जिनियर कलेजमा असोज ३ गतेदेखी सुरु भएको अधिबेशनमा सोमबार राती सम्पन्न बन्दसत्रले अध्यक्षमा बिजुक्छे सहित २५ जना केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो ।

नेपालको कम्युनिष्ट इतिहासमा पार्टी स्थापनाकाल देखिकै अध्यक्षका रूपमा बिजुक्छे सर्वसम्मत रूपमा चयन हुँदै आएका छन् ।

नयाँ निर्वाचित कार्यसमिति सदस्यहरूमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन् ।  यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाँई, उकेश कवाङ, खगेन्द्र बहादुर शाही, पनि केन्द्रिय सदस्यमा चयन भएका छन् ।

यस्तै कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाँई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको मेची-महाकाली अभियान असोज १४ देखि

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते