सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

२०८१ श्रावण ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो।

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सफलताका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद समेत दिएका छन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ। सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो। मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ। उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !! ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी

गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ