सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको छ : नारायणमान बिजुक्छेँ

२०८१ श्रावण ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र उनीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म यो क्रमलाई रोक्न नसकिने धारणा राख्नुभयो ।

“रोजगारीदेखि शिक्षाका लागि  विदेशिने क्रम बढ्दो छ । नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकमार्फत मार्गनिर्देशन गरिरहनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्न सरकारले पनि विशेष ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि र शारदा क्याम्पसमा २०८१ मा ५६ जिल्लाका एक हजार ६ सय ८० विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्राडा सिद्धिवीर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी रु चार लाख ४४ हजार चार सय ४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल

कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

अध्यक्ष ओली र नेता लेखक रिहा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन काँग्रेसका चार शर्त

आज जनआन्दोलन दिवस मनाइँदै

कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा

एमाले अध्यक्ष ओलीप्रति अपमानपूर्वक अभिव्यक्ति दिएको विरोध

बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी