सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

२०८१ श्रावण १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् ।

यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् । एउटै कम्पनीमा कार्यरत गम्भीर घाइते नवलपुरका बाबुराम आले मगरलाई उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।

५ वर्षदेखि जेलमा बसिरहेको अवस्थामा नेपालमा रहेका बाबुराम आलेको परिवारले मागेको ५० लाख ‘ब्लडमनी’ बुझाएर उनी नेपाल फर्कन सफल भएका हुन् । श्रेष्ठको घरको आर्थिक अवस्था कमजोर भएकाले चन्दा संकलनबाट ‘ब्लडमनी’ बुझाइएको थियो । उनी २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । नेपाल फर्किएपछि श्रेष्ठले बिरामी साथीलाई बचाउने क्रममा निधन भएपछि आफू घटनामा फसेको बताए । ‘साथीलाई अस्पताल लगेर ज्यान जोगाउन लाग्दा परिबन्धमा परेर हत्याराको सजायमा दण्डित हुन पुगें,’ श्रेष्ठले भने ।

सोही घटनामा संलग्न रहेको आरोपमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–४ का पहलमान थापालाई पनि यूएईको उपल्लो अदालतले आजीवन कारावासको सजाय सुनाउँदै ५० लाख ब्लडमनी माग गरिएको थियो । पहलमानको भने राहदानीको म्याद सकिएकाले स्वदेश फर्कन ढिलाइ हुने अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

थापालाई पनि आवश्यक कागजात तयार पारेर नेपाल फर्काइने भएको छ । ‘ब्लडमनी’ मागेपछि ‘श्रेष्ठ र थापा बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । मगर ग्यालरी संसार र नेपाल मगर संघले आर्थिक संकलन गरेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘ब्लडमनी’ बराबरको पैसा नेपालमा रहेका पीडित परिवारलाई बुझाई र कन्सुलर विभागमार्फत दूतावासमा कागजात पठाएपछि उनीहरूलाई स्वदेश फर्कने प्रक्रिया थालिएको थियो । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार बिदा दिँदा विद्यार्थीको कोर्स पूरा नहुने जोखिम

१७ देशमा छैनन् नेपालका दूत

रास्वपाले भुल्यो चुनावी बाचापत्र

संविधान संशोधनको बहस प्रारम्भ

सिंहदरबार पुनर्निर्माण सुरु

लिभिङ टुगेदरले बढ्दो तनाव, छैन कानुन

प्रधानमन्त्री नबोलेरै संसद् अधिवेशन अन्त्य

प्रतिबन्धको त्रासमा विद्यार्थी संगठन

समृद्धिका लागि एकताको आह्वान

एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा

रास्वपा सभापतिमाथि वरिष्ठ नेता निरन्तर हाबी

फेरि थन्किए लुम्बिनीका हरिया बस