सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ पुस्तक लोकार्पण

२०८१ श्रावण १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल सेनाका पूर्वउपरथी डा. रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ ।

आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए ।

दश वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० साल भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा घाइते भएका थिए । गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उनले सधै ह्वीलचियरको जीवनयापन गर्न बाध्य थिए ।

क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयालले बताए । जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमानदारीता झल्किएको उल्लेख गरे।

पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने सुनाए । पुस्तकमा लेखकले जतिसुकै कठिनाई आइपरेपनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिएको बताए ।

सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराए । उनका इमानदारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको बताए । लेखक क्षत्रीले पुस्तकमा आफ्नो पुर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रुपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाए । ‘जीवनमा सधै एउटै लयमा चल्दैन रहेछ, उनले भने,मेरो भोगाइले पाठकलाई प्रेरणा मिल्छ भने म सफल भएको ठान्छु ।’ यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो । किताब जात्रा शनिबारसम्म रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

हलेसी तुवाचुङले पायोः ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, ऐतिहासिक मार्गको प्रचारमा नेपाली सेना

बस दुर्घटनामा २६ जना घाइते

सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन