सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

२०८१ श्रावण २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यहि भदौ ७ गते रिलिज गर्ने घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको तस्वीर देख्न सकिन्छ । प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड पिडित मुस्कान खातुनलगायतलाई पनि पोस्टरमा देख्न सकिन्छ।

सत्य घटनामा आधारित यो फिल्म देश नेपाल भित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको वास्तविक घट्नामा आधारित रहेर निर्माण गरिएको ढुंगानाले जानकारी दिए।

‘यो चलचित्रमा एसिड आक्रमणमा परेका ब्यक्तिहरुको वास्तविक जीवनकथा देखाउन खोजेका छौ। यो चलचित्र निर्माण गर्नुको एउटै उदेश्य हो,एसिड आक्रमणमा परेका ब्यक्तिले समाजमा भोग्नु परेको दर्दनाक दुस्ख,पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट फेरि हाम्रो समाजमा हाम्रो दिदि बहिनी, दाजु भाईहरु माथी यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधीले कडा भन्दा कडा सजाय पाओस, बलियो कानुन बनोस भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो,’ढुंगानाले लेखेका छन्।

यस फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पनि विशेष भूमिकामा छन्। रमित नै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिल्म ‘परालको आगो’ को ‘निम्तो सुपारी’ गीत सार्बजनिक

अग्रज कलाकार मुल्मीको ‘प्रतिविम्ब’ कला प्रदर्शनी

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

‘कलाकार लम्सालमाथि अनुसन्धान जारी’

नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्बजनिक

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने

प्रधानमन्त्रीको शपथअघि बालेन्द्र “बालेन” शाहको नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक

चैतमा चलचित्रको महासङ्ग्राम

मिलन श्रेष्ठको निर्देशनमा ‘घुम्न जाऔँ मायालु’ भिडियो सार्वजनिक

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का