सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फेसबुक ह्याकगरी साइबर अपराधमा संलग्न पक्राउ

२०८१ श्रावण २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

थापाले पीडितको फेसबुक ह्याकगरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमान्बीच भएका कुराकानीलगायत सामग्री संकलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनले बताए ।

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेलगरी मानसिक तनाव, दुःख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्युरोले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी

गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति