काठमाण्डौः नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले गरेका निर्णयहरू गोप्य राखिएको छ ।
बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा (बादल), अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चारमन्त्री गोकुल वाँस्कोटा, कानुनमन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहेको थियो । उक्त बैठकको निर्णयहरू आगामी बिहिबार सञ्चारमन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी जानकारी गराइने भएको ।