सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वैज्ञानिकको खुलासा : मान्छेको जीवनमा दुई पटक आउँछ बुढ्यौली

२०८१ श्रावण ३२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अचानक एक दिन तपाइँले देख्नुहुन्छ कि आफ्नो अनुहारमा चाउरी परिरहेको छ ।

सरीरमा दुखाई भइरहन्छ अनि थकान र कमजोरीको अनुभव हुन्छ। के बुढ्यौलीका यस्ता लक्षणहरु कुनै दिन झ्वाट्टै हुने कुरा हुन् कि जीवनमा विस्तारै परिवर्तन हुन्छ ? वैज्ञानिकहरुले यसको रहस्य पत्ता लगाएका छन् ।

स्टानफोर्ड विश्वविद्यालयस्थित सेन्टर फर जिनोमिक्स एण्ड पर्सनलाइज्ड मेडिसिन विषयका प्राध्यापक माइकल स्नाइडरले यस विषयमा गहन अध्ययन गरेका छन् । उनका अनुसार मानिस बिस्तारै बिस्तारै बुढो भइरहेको हुँदै न। कुनै समय यस्तो आउँछ जब यो प्रक्रिया तीव्र बन्दछ ।

उनले २५ देखि ७५ वर्ष उमेरका मानिसहरुमा अध्ययन गरे । उनलाई थाहा थियो कि ७५ वर्षसम्म जिउने व्यक्तिको जिवनमा दुईवटा यस्ता वर्ष आउँछन् जहाँ सो व्यक्तिमा बुढ्यौलीको लहर तीव्र बन्दछ । बुढ्यौलीको पहिलो लहर ४४ वर्षमा र दोश्रो लहर ६० वर्षमा आउने शोधकर्ताको ठहर छ ।

यी दुवै वर्षमा विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्न थाल्दछन् । जसमा मांशपेशी, हड्डी, मुटु तथा फोक्सो सम्बन्धी समस्या रहेका छन् । ४० देखि ४९ वर्षको उमेर धेरै नै नाटकीय हुन्छ । यस्तै नै ६० वर्षको उमेरमा पनि हुन्छ ।

नेचर एजिंग जर्नलमा हालै प्रकाशित रिपोर्ट अनुसार उक्त अध्ययनका क्रममा १०८ जना स्वयंसेवीलाई समावेश गराइएको थियो । उनीहरुले आफ्नो रगत, मल र छालाको नमुना दिएका थिए। साथै उनीहरुको मुख र नाकबाट पनि स्वाब निकालिएको थियो । ती मानिसहरुबाट पूरै ७ वर्षसम्म उल्लेखित नमूनाहरु संकलन गरिएको थियो, हरेक महिना ।

यसबाट वैज्ञानिकहरुले १ लाख ३५ हजार वटा फरक फरक अणु प्राप्त गरेका थिए । जसमा आरएनए, प्रोटिन तथा मेटाबोलाइट्स रहेका थिए । साथै ती नमूनामा ब्याक्टेरिया, भाइरस तथा ढुसी जस्ता सुक्ष्म जीव पनि थिए ।

अधिकांस अणु तथा सुक्ष्म जीव (माइक्रोब्स) हरु कुनै निर्धारित तरिकाबाट वृद्धि भइरहेका थिएनन् । त्यसमा कुनै समयसारिणी पनि थिएन । तर, नमूना निकालिएका व्यक्तिहरुमध्ये जो ४० औँ तथा ६० औँ वर्षका थिए उनीहरुको कण तथा माइक्रोब्समा तीव्र रुपमा परिवर्तन भइरहेको थियो ।

महिलाहरुमा आफ्नो उमेरका ४० को दशकमा आउने परिवर्तन खासगरी रजश्वला चक्र रोकिनु पूर्वको अवस्थाका कारणले पनि हुन्छ । पुरुषहरुमा शारीरिक परिवर्तन चाहिँ महिलाको जस्तै हुन्छ, फरक भनेको केवल रजश्वला चक्र हो ।

महिलामा रजश्वला चक्र रोकिनुपूर्वको अवस्था अर्थात् प्रिमेनोपोज ४० दशकको उमेरको मध्यतिर हुन्छ । त्यस्तै पुरुषमा ४०औँ वर्षको दशकमा विभिन्न खालका परिवर्तन देखिन्छन् । जसका कारण पुरुषले पनि यस्ता खालका बुढ्यौलीका लहर झेल्नु पर्दछ ।

पहिलो लहर अर्थात् ४४ वर्षमा जुन परिवर्तन हुन्छ, त्यो काडियोभास्कुलर अर्थात् मुटु तथा रक्तनली सम्बन्धी समस्याका कारण आउँछ । क्याफिन, अल्कोहल तथा लिपिडका कारणले गर्दा पनि यस्तो हुन्छ ।

दोश्रो लहर अर्थात् ६६ वर्षमा जुन परिवर्तन आउँछ त्यो रोग प्रतिरोधी प्रणाली कमजोर हुनाले, कार्बोहाइड्रेट मेटाबलिज्म तथा मिर्गौला सम्बन्धी समस्याहरुका कारणले गर्दा हुने गर्दछ ।

छाला तथा मांसपेशीसँग सम्ब्न्धित अणुहरु ४४ औँ तथा ६० औँ वर्षको दुबै उमेरमा परिवर्तन हुने गर्दछन् । जसका कारण अनुहार चाउरी पर्ने, दुखाई महसुस हुने तथा कमजोरी महसुस हुने गर्दछ । जुन ६० को दशकमा अल्जाइमर, कार्डियोभास्कुलर रोग आदिमा परिणत हुन्छ । त्यसमा सरीरका अन्य समस्याहरु पनि जोडिन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेदरल्याण्ड: जहाँ कैदी नै छैन्, सबै जेल खाली

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लञ्च गरिन् ‘डिभोर्स’ परफ्युम !

‘डेटिङ’ का लागि कर्मचारीलाई अफिसद्वारा बिदाको योजना

जस्टिन र हेलीलाई पुत्र लाभ

चीनले चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाएको दाबी

न्यूरालिङ्कको दाबी- मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल

लोपेज र एफ्लेकको डिभोर्स हुदै

सबैभन्दा वृद्ध पाण्डाले जन्माइन जुम्लाहा सन्तान, दुर्लभ घटनाले हङकङमा खुसियाली

पतिको लतका कारण पत्नी पनि जेल जानु पर्यो……..

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

फेरी प्रेममा परिन् अनन्या

केले बनाउँछ मानिसलाई अर्बपति ? भाग्य, प्रतिभा वा समय