सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रोजगार व्यवसायी संघमा काँग्रेस निकट लोकतान्त्रिक समूह बिजयी

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहको बिजयी भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलबार सम्पन्न भएको २७ औं साधारणसभाका क्रममा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समुहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो ।

अध्यक्षमा गैरेले ३३० मत ल्याएर विजय भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत ल्याएका थिए । यसैगरी संघको प्रथम उपाध्यक्षमा कमल तामाङ,  द्धितीय उपाध्यक्षमा कमल देब मल्ल,  तृतीय उपाध्यक्षमा किशोरकुमार के.सी  विजयी भएका छन् । यसैगरी महासचिवमा सुजित श्रेष्ठ,  सचिवमा निलकमल मेघनाथ भुर्तेल र कोषाध्यक्षमा  इन्दिरा गुरुङ  विजयी भएकी छन् ।

कोषाध्यक्ष इन्दिरा गुरुङ सबैभन्दा बढी १६८ मतान्तरले विजयी भएकी हुन् । यसैगरी संघको सदस्य पदमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएका छन् ।

लोकतान्त्रिक समूहले रोजगार व्यवसायी संघको इतिहासमै पहिलो पटक पुरै प्यानल जित हाँसिल गरेको हो । संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेका थिएभने ६२१ जनाले मात्र मतदानमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पूर्वअर्थमन्त्रीहरुका सुझावः आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा मह उत्पादनमा कमी

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने