सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस-एमालेले अहिलेसम्म जनयुद्ध शब्दलाई आधिकारिक डकुमेन्टमा लेखेका छैनन् : एमाले सचिव, योगेश भट्टराई (अन्तर्वार्ता)

२०८१ भाद्र १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईँले माओवादीलाई ‘हिंसाबाट आएको’ भन्ने शब्द तपाईँले प्रयोग गरेपछि माओवादी एकाएक आक्रामक बनेका छन्। किन यस्तो शब्द प्रयोग गर्नुभयो?

यो विषय कोट्याउन आवश्यक छ जस्तो मलाई लाग्दैन। हाम्रो (नेकपा एमाले) को आधिकारिक डकुमेन्टमा माओवादीको जनयुद्धलाई हिंसा नै लेखिएको छ। यति मात्र होइन, संविधानमा पनि जनयुद्ध शब्दको प्रयोग भएकै छैन। कांग्रेस–एमालेले अहिलेसम्म जनयुद्ध शब्दलाई आधिकारिक डकुमेन्टमा लेखेका छैनन्। मैले हाम्रो डकुमेन्टमा भएको शब्द संसद्मा राखेको हुँ। यो पहिलैदेखि भनिँदै आएको विषय हो। अहिले साथीहरू (माओवादी) आक्रामक हुनुको अर्थ छैन।

‘हिंसा’ शब्द अहिल्यै उठाउनुको कारण के हो?

यो विषय कतिबेला उठाउने भन्ने कुरै होइन। हामीले हाम्रो डकुमेन्टमा लेखेका कुरा जतिबेला पनि उठाउन सक्छौँ। मैले मात्र होइन, प्रचण्डजीले पनि कतिपय ठाउँमा हामी सशस्त्र हिंसाबाट आएको भन्नुभएको छ। उहाँले भन्दा सही हुने र हामीले भन्दा गलत भन्ने हुँदैन। प्रचण्डजीले त संघर्ष दुई खालको हुन्छ भन्नुभएको छ, एउटा हिंसा र अर्को शान्ति। उहाँले हामी सशस्त्र हिंसाबाट आएको कुरा गर्नुभएको छ। के माओवादी शान्त संघर्षबाट आएको हो त? होइन नि। यसका लागि त साथीहरूले स्वीकार्नुपर्‍यो नि।

आफूलाई सहज हुँदा त्यही हिंसा गर्ने दल माओवादीसँग सहकार्र्य, एकता र गठबन्धन गरेको होइन तपाईँहरूले?

हो, हामीले माओवादीलाई स्वीकारेका हौँ। के स्पष्ट हुनुपर्छ भने हामीले शान्ति प्रक्रियापछाडिको माओवादी स्वीकारेका हौँ। मैले भनेको छु नि, १० वर्षे हिंसाको माओवादी। हो, योचाहिँ हामी अस्वीकार गर्छौँ। यो ढाकेर ढाकिने चिज होइन। अहिले पो माओवादी रूपान्तरण भयो।

तपाईँले भनेजस्तै हिजो हाम्रो माओवादीसँग एकता भयो। के त्यो माओवादी र जनयुद्धको माओवादी एउटै प्रवृत्तिको थियो त? थिएन नि। हामीले त शान्ति प्रक्रियामा सामेल माओवादीसँग एकता गरेका हौँ नि।

हिजोको माओवादी र आजको माओवादी भन्नुको मतलब?

जब हिजो माओवादी द्वन्द्वमा थियो, त्यो हिजोको माओवादी हो। जो बन्दुक देखाउँथ्यो र हिंसात्मक गतिविधिमा लागेको थियो। आजको माओवादी त्यस्तो होइन नि। हामीसँगै आएको माओवादी हो। मैले हिजोको माओवादीलाई ‘हिंसात्मक’ भनेको हुँ। आजको माओवादी हिंसाबाटै आएको हो भन्ने कुरा त हामीले आज मात्र होइन हिजै पनि भनेका हौँ। जब शान्तिप्रक्रियाको बाटो हुँदै संविधान निर्माणमा माओवादी आयो ‘त्यो रूपान्तरित माओवादी हो।’

माओवादी सशस्त्र हिंसाबाट आयो भन्नुको मतलब जनयुद्ध गलत थियो भन्न खोज्नुभएको हो?

गलत हो नि। होला आजको परिवर्तनमा माओवादीको पनि भूमिका होला। तर हिजो जसरी माओवादीले हिंसा गरेको थियो। त्यो त गलत हो भन्ने प्रस्ट छ यति भन्दाभन्दै अहिलेको माओवादीलाई म गलत भन्दिनँ नि। किनभने अहिलेको माओवादी त हामीजस्तै त हो।

हिजो माओवादीका साथीहरूले हामीलाई ‘संसदीय राजनीतिको दलदलमा भासिएको’ भनेर आरोप लगाउँथे। खोइ हामी आक्रामक बनेनौँ त। यस्ता आरोप लाग्छन्। यसलाई ‘क्रिटिकल्ली’ ल्याउन सक्नुपर्‍यो नि। किन आक्रामक हुने? अस्ति प्रचण्डको भाषणपछि पनि हामी आक्रामक भएनौँ।

प्रतिपक्षी माओवादीप्रति तपाईँ अलिक आक्रामक बन्नुको कारण?

तपाईँले अस्तिको प्रचण्डजीको भाषण सुन्नु न। त्यहाँ कति कुरा आएका छन्। त्यो भाषण त मेरो भन्दा ५० गुणा आक्रामक छ नि। उहाँ जतिको नेताले त्यस्तो बोल्न मिल्थ्यो? प्रतिपक्षी पनि चाहिँदैन। लेखा समिति पनि चाहिँदैन भन्नुको तात्पर्य के हो? उहाँले त सबैथोक गुमाइसकेँ भन्ने आशयको कुरा उठाउनुभयो।

उहाँका लागि त प्रतिपक्षी दलको नेता त अवसर हो नि। तर उहाँ सबै गुमाएको कुरा गर्दै हुनुहुन्छ। एक किसिमले भन्ने हो भने प्रचण्डजीमा पराजित मानसिकता थियो। अब फेरि यो अवस्थामा आइन्छ–आइँदैन भन्नेमा पीडा भएको जस्तो उहाँमा झल्किन्थ्यो। यसैका सन्दर्भमा थोरै मैले जबाफ दिएको हुँ। यसलाई आक्रामक बनाउनु आवश्यक छैन।

अहिले यो तपाईंको भाषणको भाषा र केपी ओलीको भाषा मिलेको देखिन्छ। तपाईं अहिले ओली निकट हुनका लागि उहाँकै भाषा प्रयोग गर्दै हुनुहुन्छ भन्ने आरोप छ नि?

म मेरो अध्यक्षको निकट छु नि। मैले कसैसँग नजिक हुन किन गाली नै गर्नुपर्थ्यो र! मैले त हाम्रो एमालेको डकुमेन्टमा जे छ त्यही शब्द प्रयोग गरेको हुँ नि। माओवादी साथीहरूले यो बुझ्नुहोस् कि, माओवादीले हिंसाकै बाटो रोजेको रोजै गरेको भए कहाँ पुग्थ्यो? विनाशमा पुग्थ्यो नि। माओवादी जब शान्तिप्रक्रियामा आयो तब त स्वीकार्य बन्यो। यो बुझ्नुपर्‍यो नि।हिमालप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधानलाई अझै प्रगतिशील ढङ्गले परिस्कृत गर्ने कुरामा कसैको विमति हुँदैन : माओवादी उपमहासचिव, शक्ति बस्नेत (अन्तवार्ता)

सहकारी सञ्चालकले बचतकर्ताको पैसा लिएर आफन्तको नाममा घरजग्गा जोडे : संसदीय छानबिन विशेष समिति सभापति, सूर्य थापा (अन्तवार्ता)

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार पार्न निजामती कर्मचारीले एकताबद्ध भएर काम गर्नु पर्छ : मुख्य सचिव, एकनारायण अर्याल (अन्तवार्ता)

अमेरिकाले चीनलाई नेपालबाट घेराबन्दी गर्न चाहन्छ : नेकपा महासचिव, नेत्र विक्रम चन्द ‘विप्लव’ (अन्तवार्ता)

यथास्थितिमै रहे माओवादीको औचित्य सकिन्छ : माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

प्रधानमन्त्री हुने कुरा मैले सोचेको छैन, प्रधानमन्त्री बन्न धेरै अनुभव भएको मान्छे चाहिन्छ : परराष्ट्रमन्त्री, आरजु राणा (अन्तवार्ता)

घनश्याम भुसाललगायत सबै निर्वाचनको विपक्षमा रहँदा निर्वाचन हुन सकेन : राजेन्द्र पाण्डे (अन्तवार्ता)

राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउँछौं : मन्त्री भण्डारी (अन्तर्वार्ता)

प्रभावकारी सहकार्यमा प्रधानमन्त्री र कांग्रेस सभापति दुवैले जोड दिएकाले कुनै समस्या छैन : एमाले उपमहासचिव, प्रदीप ज्ञवाली (अन्तर्वार्ता)

अब हामी समाजवादी कार्यक्रम बोकेर सदनदेखि सडकसम्म जनतामा जान्छौं : नेकपा एस महासचिव, घनश्याम भुषाल (अन्तवार्ता)

संघीयता हरण भयो भनेर निस्कने आन्दोलन कसैले छेक्न सक्दैन : संविधानविद्, राधेश्याम अधिकारी (अन्तवार्ता)

दुईतिहाईको संख्या नपुग्दा र दुईतिहाईको संख्या पुग्ने दलहरुबीच एजेन्डामा सहमति नजुट्दा संविधान संशोधन हुँदैन: बिमलेन्द्र निधि (अन्तवार्ता)