सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तामसालिङ पार्टी नेपालले पहिचान सहितको संघियता माग गर्दै सरकार बिरोधी पर्चा फाल्यो (पर्चा सहित)

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तामसालिङ पार्टी नेपालले सिंगो देश र नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर र जटिल मोडमा पुगेको भन्दै माक्सबाद, लेनिनबाद, माओबाद हुँदै बैज्ञानिक समाजबादमा पुग्न अपिल गरेको छ ।

बुधबार साँझ राजधानीका विभिन्न स्थानमा फ्यालिएका पर्चामा उक्त पार्टीले सबैखाले उत्पीडन र नेपाली जनताको सार्वभौम अधिकार सम्पन्न गर्न जातिय मुक्ति बिना बर्गिय मुक्ति सम्भब छैन भन्दै पर्चा मार्फत अपिल गरेको हो ।

नेतृत्व नखुलाइ फालिएको उक्त अपिलमा उत्पिडित जाती र वर्गको फ्यूजनले मात्र नेपालमा क्रान्ति सम्भब छ भन्दै विभिन्न नाराहरू समेत पर्चामा उल्लेख गरिएको छ । पर्चामा वर्तमान सरकार पहिचान र संघियता बिरोधी भएको आरोप समेत लगाइएको छ ।

तामसालिङ पार्टी नेपाल केन्द्रिय समिति- २०७६ को नाममा जारी गरिएको पर्चामा पहिचान सहितको संघियता लागु गर्न अपिल गरिएको छ भने सबै जाति र वर्गको अधिकार सुनिश्चित हुने केन्द्रिय सरकार गठन गर्न मुख्य नाराहरू लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध