सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अबको बाटो’ पुस्तक सार्वजनिक

२०८१ भाद्र १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ भदौः लेखक भरतकुमार श्रेष्ठद्वारा सम्पादित ‘अबको बाटो’ पुस्तक सार्वजनिक गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपाल र शिखा बुक्सद्वारा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माले पुस्तक सार्वजनिकीकरण गर्नुभयो । विभिन्न विधामा राष्ट्रिय जीवनमा ख्याति कमाएका २७ जना व्यक्तित्वका विचार कृतिमा समेटिएको छ ।

पुस्तकमा नेपालको विकास कसरी ? सिमाना नाघेका भानुभक्त र नेपाली साहित्य, नेपाली डायस्पोरा र हाम्रो मूलदेश, मलमा सधैँ परनिर्भरता कि विकल्पको खोजी ?, नेपाल किन पछि, अरू किन अघि?, साइबर संस्कृति र साहित्य तथा मेरोदेश, मेरो सान, मेरो सर्वस्वजस्ता शीर्षकका लेख समेटिको छ ।

राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनदेखि अर्थशास्त्री चद्रमणि अधिकारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा प्रकाश बुढाथोकी, प्राडा सुरेन्द्र केसीलगायत अबको बाटो शीर्षकसँग जोडिएका विचार पुस्तकमा समेटिएको छ ।

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश शर्माले नेपाली राजनीति दिशाहीन भइरहेको वर्तमान सन्दर्भमा मुलुकका स्वनामधन्य लेखकका अनुसन्धानात्मक लेखले मुलुकको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक एवं शैक्षिक क्षेत्रका आयाममा तरङ्ग ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालका राजनीतिज्ञलाई अबको बाटोमा कसरी अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा पुस्तकमार्फत लेखकले खबरदारी गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगारीका लागि विदेशमा श्रम गर्न गएका लाखौँ नेपालीलाई आपसमा जोड्दै ज्ञान, सीप, प्रविधि र पैसा स्वदेशमा भित्र्याउने विषयलाई राज्यले सहयोग र समन्वय गर्नुपर्छ ।”

सोही पार्टीका नेत्री डा डिला सङ्ग्रौलाले मुलुकलाई विकास र समृद्धिमा लैजान भ्रष्टाचारको अन्त्य, सुशासन प्रवर्द्धन, योजना कार्यान्वयन, दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तुलनात्मक रुपमा विकास र प्रविधिका क्षेत्रमा विश्वका केही मुलुक अघि भए पनि संस्कार, संस्कृति तथा लैङ्गिक समानता र समावेशी लोकतन्त्रका विषयमा नेपाल अरूभन्दा निकै अघि रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरताका कारण प्रणाली हो कि व्यक्ति हो भन्ने पहिचान गर्नुपर्छ । राम्रा कुरा प्रवर्द्धन गर्नुपर्छ, कमी कम्जोरी सुधार्दै लैजानुपर्छ ।”

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशमा उल्लिखित विषय कार्यान्वयन गर्ने र बस्ती प्रणाली परिवर्तन गर्न सके देश विकासको ढोका खुल्ने प्रशस्तै सम्भावना रहेको बताउनुभयो ।

अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले समाजका सबै क्षेत्रका मूर्धन्य व्यक्तित्वका लेखमार्फत समेटिएका विचारको निचोडका रुपमा देश अघि किन बढेन भन्ने चिन्तन समेटिएको बताउनुभयो । संविधानसभा सदस्य उषाकला राईले आफनो देश, यहाँका उत्पादन तथा भएका कला र संस्कृतिप्रति गौरव गर्ने संस्कार र संस्कृति आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्त, लेखक श्रेष्ठ, प्रकाशक पुष्पराज पौडेललगायतले पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रकाश पार्दै प्राकृतिक स्रोत साधन, साहित्य, संस्कार र संस्कृतिका क्षेत्रमा नेपाल सम्मुनत रहेको बताउनुभयो । तीन सय ४४ पृष्ठको पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

कलिङ्गा साहित्यिक महोत्सव सुरु

पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत

चार अग्रणी महिलाको जीवन कथा लोकार्पित

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित