सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन स्रष्टा एवं कृतिलाई यसवर्षको फेडोल सम्मान

२०८१ भाद्र १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, १६ भदौः फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको सम्मान तथा लोकार्पण कार्यक्रममा तीन कृतिका स्रष्टालाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ ।

प्रतिष्ठानले शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरेको जनाएको छ । स्रष्टाहरुलाई प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्दै नेपाली समाज र परिवेशेको प्रतिनिधित्व गर्दै नेपाली साहित्य अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पुरस्कार ग्रहणपछि स्रष्टा अभय श्रेष्ठले कृति र स्रष्टाको मूल्याङ्कन गर्दै यस प्रकारले पुरस्कार र सम्मान गर्दा नेपाली साहित्यको विकास ठूलो टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राममणि ढुङगेलले हरेक वर्ष बिभिन्न श्रष्टा र साहित्यकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार र सम्मानले साहित्यको विकाससंगै लेखकहरुमा थप उत्साह पुग्ने बताउनुभयो ।

जनमत भक्तपुर विशेषाङ्क बिमोचन
सोही कार्यक्रममा भक्तपुरका साहित्यकार र उनीहरुको सृजनालाई समेटेर प्रकाशन गरिएको साहित्यिक पत्रिका जनमतको भक्तपुर विशेषाङ्क सार्वजनिक गरिएको थियो ।

साहित्यकार प्रा.डा. हेमनाथ पौडेल, प्रतिष्ठानका अध्यक्षन एवं जनमत भक्तपुर विशेषाङ्कका अध्धयक्ष राममणि ढुङ्गेल, कथाकार धनमान श्रेष्ठ, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाललगायतले जनमत भक्तपुर विशेषाङ्क सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा स्रष्टाहरुले जनमत साहित्यिक पत्रिकाले देशभरका साहित्य एवं रचनालाई सङ्कलन गर्दै पाठकसम्म पुर्याउने भूमिका निर्वाह गर्दै आएको चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

कलिङ्गा साहित्यिक महोत्सव सुरु

पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत

चार अग्रणी महिलाको जीवन कथा लोकार्पित

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित