सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङलाई किन गराए सचेत ?

२०८१ भाद्र १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाईलाई सचेत गराएका छन् ।

मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्बजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।

शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन् । उनले भने- मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो । गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराए ।’

भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफुले पनि महसुस गरेको मन्त्री गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने

महासभामा जादा नेपालको शीर ढल्ने काम गर्दिन- प्रधानमन्त्री ओली

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्यन गर्छ- प्रधानमन्त्री ओली

सहकारी ठगि छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली

सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति यादवसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह