सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित

२०८१ भाद्र १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी, १८ भदौः किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आउनुभएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो ।

सत्यवती गाउँपालिका–५ अन्तर्गत जुहाङ्, खैरेनी निवासी ७१ वर्षीय साहित्यकार भण्डारीले विभिन्न विधामा दुई दजर्नभन्दा बढी कृति प्रकाशित गर्नुभएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताउनुभयो ।

पुस्तकालयद्वारा आयोजित समारोहमा किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी एवं लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले साहित्यकार भण्डारीलाई नगदसहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभएको हो । साहित्य क्षेत्रमा निकै रुचि राख्नुहुने स्वर्गीय जानकी ज्ञवालीको सम्झनामा परिवारद्वारा उक्त पुरस्कार स्थापना गरिएको थियो । किरण पुस्तकालयको समन्वयमा स्थापना गरिएको पुरस्कार गुल्मीमा जन्मेर साहित्य सिर्जनामा लाग्ने सर्जकलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

विसं २०७३ मा स्थापना भएको उक्त पुरस्कारबाट यसअघि साहित्यकार सूर्यबहादुर सेन वली, भागिरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, रुद्र ज्ञवाली र हरिप्रसाद भण्डारीलाई प्रदान गरिसकिएको छ ।

साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनुभएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । स्व ज्ञवालीले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको विशेष अग्रसरतामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ ।

प्रतिष्ठानका नाममा किरण पुस्तकालयमा रु दुई लाखको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमि तथा कर्मभूमि बनाइ इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिँदै आएको किरण पुस्तकालयका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

कलिङ्गा साहित्यिक महोत्सव सुरु

पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत

चार अग्रणी महिलाको जीवन कथा लोकार्पित

आज मोती जयन्ती मनाइँदै