सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चार अग्रणी महिलाको जीवन कथा लोकार्पित

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चार अग्रणी महिलाहरू पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, न्यायकर्मी सपना प्रधान मल्ल, प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र बौद्ध भिक्षुणी गायिका आनी छोइङ ड्रोल्माको जीवन भोगाइहरू समेटेर नेपालयले ‘अन स्टोपेवल’ शिर्षकमा नयाँ पूस्तक बजारमा ल्याएको छ ।

लुज माथेमाका शब्दहरूमा तयार यो पुस्तकलाई काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । पुस्तकका पात्रहरुले नै यसलाई सार्वजनिक गरेका हुन् । हालै दिवँगत भएकी उधमी अम्बिका प्रधानको ४५ औं दिनको पुण्यतिथिमा यी पुस्तक बिमोचन गरिएको लेखक लुज माथेमाले बताए ।

यो पुस्तकमा यी चार महिलाहरुको सँघर्षको कथा समेटिएको छ । पुस्तका उनीहरुको जीवनी सचित्र बालकथाका रूपमा प्रकाशित छ ।

पुस्तमा उनीहरुको वाल्यकाललाई विशेष महत्व दिईएको छ । एउटै पुस्तकमा अँग्रेजी र नेपाली दुबै भाषामा उनीहरुको ’boutमा प्रकाशन गरिएको छ । जसका कारण दुबै भाषाका पाठकलाई यो पुस्तक उपयोगी हुने नेपालयले जनाएको छ ।

‘नेपाली महिलाहरूका संघर्ष र सफलताका कथाहरू कमै भनिएका पाइन्छन्,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसरी शृंखलाबद्ध रूपले बालकथाका रूपमा जीवनी प्रकाशन गर्दा भावी पुस्ताले समेत उनीहरूबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यका साथ हामीले यसको सुरुवात गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

कलिङ्गा साहित्यिक महोत्सव सुरु

पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित

आज मोती जयन्ती मनाइँदै