सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँचथर बम विस्फोटमा घाइते भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं लगियो

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाँचथरको फालेलुङ–५ प्राङवुङको डाँडागाउँमा गत बिहीबार बम विस्फोट हुँदा घाइते भएका दुई जना बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

घाइते पवन राई र दिप्सन राईलाई काठमाडौंको बर्न हस्पिटलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए । भदौ १३ गते भएको विस्फोटमा परी घाइते भएका पवनलाई गत शुक्रबार र दिप्सनलाई शनिबार पाँचथर अस्पतालबाट कोशी अस्पताल विराटनगरमा थप उपचारका लागि पठाइएको थियो ।

अविभावकले उपचारको प्रक्रिया पूरा नगरी पाँचथर नै फर्काएपछि पवनको घाउमा संक्रमण देखिएको भन्दै जिल्ला अस्पतालका चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सुझाउँदै आएका थिए । यसैबीच विरानगरबाट आएका मानव अधिकारवादी संस्थाहरू इन्सेक र सिविनका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमख,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बालकका अविभावकबीचको समन्वयपछि बुधबार विहान ४ बजे काठमाडौं पठाइएको डीएसपी भण्डारीको भनाइ छ ।

उनीहरूलाई काठमाडौंसम्म पुग्ने यातायात र हवाई भाडा फालेलुङ गाउॅपालिकाले बेहोर्ने र कीर्तिपुरको बन हस्पिटलमा उपचारको प्रबन्ध सिविनले मिलाउने भएको छ ।

फालेलुङ–५ का माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भएको विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी साढे २ वर्षकी वर्षीय बहिनी प्रिन्साको ज्यान गएको थियो । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जुवाको खालबाट पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना प्रहरीको फन्दामा

सिन्धुलीमा जापनिज इन्स्फलाईटिसबाट एकजनाको मृत्यु

नियमावलीले निम्त्याएको बार–बेन्च द्वन्द्व

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

राजदूत अनुमोदन अन्योलमा

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

बोल्न छाडेर बालक खेलाएपछि…

औषधी उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

कस्तो छ आजको मौसम पूर्वानुमान

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

सिन्डिकेट खारेज गर्ने निर्णय बदर