सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ ।

बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो । यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् ।

खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी- २० सिरिज हुने छ ।

टी- २० सिरिज पछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको बार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग- २ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

चार लाख राशिको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित

गाब्रियलको गोलमा आर्सनल विजयी

प्रधानसेनापति ट्रफी २०८१ सुरु

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

पोखरा महानगरले पलेशालाई रु दुई लाख २२ हजारसहित सम्मान गर्ने

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज