काठमाण्डौः सामसङले नेपाली बजारमा सस्तो मूल्यको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए०६’ सार्वजनिक गरेको छ । स्लिक र स्लिम डिजाइनमा उपलब्ध यो फोन युवा पुस्ता लक्षित रहेकाे कम्पनीले जनाएको छ ।
६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन रहेको फोनमा ५० मेगापिक्सेलको मुख्य सेन्सर रहेको छ भने २ मेगापिक्सेलको डेप्थ सेन्सर र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । मिडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।
कालो, हल्का नीलो र नयाँ सुनौलो रंगमा उपलब्ध यो फोन तीन भेरियन्टमा खरिद गर्न सकिन्छ । यसअन्तर्गत ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ, ४/१२८ जीबी भेरियन्टको मूल्य १७ हजार ४९९ रुपैयाँ र ६/१२८ जीबी भेरियन्टको मूल्य १९ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
यो फोनले माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्म एक्स्टर्नल मेमोरी सपोर्ट गर्दछ । सामसङले ग्यालेक्सी ए०६ खरिद गर्ने ग्राहकलाई २५ वाटको चार्जर निःशुल्क दिनेछ । साथै, इन्स्टा फाइनान्स मार्फत शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि रहेको छ ।