सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन’

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताउनुभएको छ ।

नेपाल प्राध्यापक सङ्घसँग आज भएको कार्यक्रममा नेता महरले सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौँ क्याम्पसलाई सम्बन्धन दिइरहेकोप्रति इङ्गित गर्दै पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो ।

“देशभित्र प्रादेशिक रुपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ । प्रादेशिकस्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने काम भइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तहमा विश्वविद्यालय विस्तार गर्दै जानुको औचित्यमाथि प्रश्न उठेको छ”, उहाँले भन्नुभयो । नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा राख्नुभयो ।

“राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधानको उद्देश्य मनन् गरिनुपर्छ”, नेता महरले भन्नुभयो । लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । विश्वविद्यालयको उद्देश्य मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उहाँले सुझाव दिनुभयो । विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्वबाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको नेता महरको टिप्पणी थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

‘बेबिन्का’ साङ्घाईमा अवतरण

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

लक्ष्य अनुसार उठ्दैन कर

सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

भीमफेदीबाट सात बालश्रमिकको उद्धार

नेपाली सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

चौदण्डी र उदयपुर गढी संरक्षणका लागि नेपाली सेनाको पदयात्रा

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’