सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेशबाट विस्तार गरिएका सबै सडक कालोपत्र गर्छौं : मुख्यमन्त्री तामाङ

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), १९ भदौः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताउनुभएको छ ।

नुवाकोटको बेलकोटगढी–७ मा आजदेखि सुरु भएको ‘तीज पर्व विशेष रमाइलो मेला’को उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले सडकमा लगानी गर्ने तर, संरक्षण नहुने प्रवृत्ति अन्त्य गर्न विस्तार भएका सबै सडकलाई अनिवार्य कालोपत्र गर्ने कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

“कुन सडक, कुन सरकारको दायित्वमा पर्छ भन्ने पहिचान नहँुदा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “जुन सरकारले लगानीमा निर्माण गरिएको छ । सोही सरकारबाट नै संरक्षण र सम्वर्द्धनको जिम्मेवारी लिनुपर्छ भनेर तीन तहका सरकारबीच छलफल भइरहेको छ । आफ्नो दायित्वभित्रका सडकलाई कालोपत्र गर्ने जिम्मेवारी पूरा गर्न प्रदेश सरकार तयार छ ।”

सरकारको लगानीको ठूलो हिस्सा सडकमा गरे पनि सोहीअनुसार जनजीवन सहज बनाउन र आर्थिक रुपान्तरणमा जोड दिन नसकेको मुख्यमन्त्री तामाङले बताउनुभयो । सडक विस्तार भइरहेको भन्दै प्रदेश सरकारले नयाँ ट्र्याकको विस्तार नगर्ने र यसअघि विस्तार भइसकेकालाई प्राविधिक अध्ययनपश्चात् व्यवस्थित गरिने उहाँको भनाइ छ ।

“अध्ययन, आवश्यकता र दिगोपनमा ध्यान नदिइ जथाभावी विस्तार भएका सडकले विकास होइन, समस्या निम्त्याएको छ,” मुख्यमन्त्री तामाङले भन्नुभयो, “सडकलगायत पूर्वाधार निर्माणमा प्राविधिक (इञ्जिनियर)को सिफारिस अनिवार्य बनाइ तोकिएको अवधिसम्म उपभोगको सुनिश्चित बनाउन सक्नुपर्छ ।”

बेलकोटगढी नगरपालिका–७ को कार्यालय र न्यू भिजन युवाक्लबको आयोजनामा बेलकोटगढी–७ स्थित खेल मैदानमा आजदेखि सुरु भएको तीज विशेष रमाइलो मेला (महोत्सव) आगामी भदौ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘बेबिन्का’ साङ्घाईमा अवतरण

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

लक्ष्य अनुसार उठ्दैन कर

सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

भीमफेदीबाट सात बालश्रमिकको उद्धार

नेपाली सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

चौदण्डी र उदयपुर गढी संरक्षणका लागि नेपाली सेनाको पदयात्रा

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन