सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुस् : मन्त्री यादव

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), १९ भदौः खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

मन्त्री यादवले आज यहाँ जनता समाजवादी पार्टी (जसपा) जिल्ला समिति पर्साले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै विकासका मुद्दालाई प्रथामिकतामा राखेर अघि बढ्न पार्टीका कार्यकर्तालाई आह्वान गर्नुभयो ।

जनताका समस्या र विकास निर्माणका योजनालाई मुख्य प्रथामिकतामा राखेर अघि बढ्न सम्पूर्णलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ । त्यसैले जनताको समस्या पनि आफ्नै समस्या ठानेर समाधान गर्र्नेतर्फ अग्रसर हुन जरुरी भइसकेको छ ।”

जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिवसमेत रहनुभएको मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ मजबुत ढङ्गले एकताबद्ध गराउन निर्देशन दिनुभयो । “जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ । हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ”, उहाँले भन्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

संबैधानिक परिषदको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक- प्रचण्ड

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला