सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित : नेता सिटौला

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनियानी (झापा), १९ भदौः नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्थामा मात्र महिला अधिकार सुनिश्चित हुने धारणा राख्नुभएको छ ।

नेपाल महिला सङ्घ भद्रपुर नगर समितिले आज यहाँ आयोजना गरेको महिला सम्मान तथा तीज मिलन कार्यक्रममा नेता सिटौलाले रहेक क्षेत्रमा सङ्घर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताउनुभयो । “जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र पहिचान बनाउन सक्छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि लोकतान्त्रिक व्यवस्था अपरिहार्य छ ।”

कार्यक्रममा भद्रपुर नगरक्षेत्र रहेर विभिन्न क्षेत्रबाट पहिचान बनाउनुभएका आठ जना महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वशिक्षिका प्रभा घिमिरे, पूर्वप्राध्यापक कमला पोखरेल दाहाल, वाणिज्य बैंक भद्रपुरका पूर्वशाखा प्रमुख शान्ता बराल, पूर्वस्वास्थ्यकर्मी रिमा पाण्डे, भद्रपुर नगरपालिकाकी पूर्वप्रशासकीय अधिकृत सुधा खड्का, सामाजिक अभियन्ता रञ्जु शर्मा, पूर्वस्वास्थ्य स्वयंसेविका लक्ष्मी घिमिरे र सौन्दर्यकर्मी सुशीला पौडेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा श्रम क्षेत्रमा सङ्घर्ष गर्दै जीवनयापन गरिरहेका भद्रपुर नगरपालिकाका १० वटै वडाबाट एक÷एक जना श्रमिक महिला छनोटगरी नगद तथा साडीसहित सम्मान गरिएको थियो ।

सङ्घकी भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, पूर्वमहासमिति सदस्य तारा भुर्तेल, महिला नेत्री शर्मिला अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

संबैधानिक परिषदको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक- प्रचण्ड

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै