सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मोटरसाइकल चोरेको अभियोगमा कृतिबहादुर ट्राफिक प्रहरीको नियन्त्रणमा

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ १९ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शंकास्पद अवस्थामा बागमती प्रदेश ०२–०३७ प ९६९६ नम्बरको मोटरसाइकल चलाइरहेका मुलपानीमै बस्ने पर्साको ठोरी गाउँपालिका ३ का ४० वर्षीय कृतिबहादुर थापालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०३५ प ५१७५  रहेको उक्त मोटरसाइकल काठमाडौँकै नयाँ बानेश्वर स्थित पपिलबोटबाट  हराएको भनी काठमाडौँकै गोकर्णेश्वर नगरपालिका ५ बस्ने चन्द्रप्रसाद तिमिल्सिनाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिनु भएको जानकारी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिनुभयो  ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जबर्जस्ती करणी मुद्दाका कैदी शौचालयबाटै फरार

गाउँपालिकाका पूर्वअध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ

कोलकोता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

शौचालयबाट कैदी फरार

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

झापामा दुई दिनमा दुई जनाको हत्या

ट्राफिक प्रहरीको लापसे चेकिङ, दुई चालक नियन्त्रणमा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ