सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पहिरोले कान्तिलोकपथ अवरुद्ध

२०८१ भाद्र २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती। वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ ।

बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभ¥याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले उहाँहरुको उद्धार गरेको हो ।

टोली विभिन्न उपाय अपनाइएर बगरमा अलपत्र परेका चारैजनालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा ः मन्त्री दाहाल

बारामा बस दुर्घटना अपडेट: एकको मृत्यु, ४२ जना घाईते

नदीले बगाएका बालक अझै भेटिएनन

निःशुल्क रक्तसञ्चार कोषमा रु ५२ लाख सङ्कलन

एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छ: मन्त्री अधिकारी

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान