सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बुटार र इच्छाकामनालाई जोड्ने ‘बेलिब्रिज’ सञ्चालन

२०८१ भाद्र २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुग्लिन (चितवन), २० भदौः गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ ।गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी प्राइभेट लिमिटेडले उक्त बेलिब्रिज निर्माण गरिएको हो ।

आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहे पनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ ।

इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ । सो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले रु १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४.२ मिटर रहेको छ । यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्ने उहाँले बताउनुभयो ।

उहाँले यो बेलिब्रिजले यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीको सामान मात्र ढुवानी गर्न नभई स्थानीयलाई सहजता भएको बताउनुभयो । उहाँले हाइड्रोपावर निर्माणसँगै इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा ः मन्त्री दाहाल

बारामा बस दुर्घटना अपडेट: एकको मृत्यु, ४२ जना घाईते

नदीले बगाएका बालक अझै भेटिएनन

निःशुल्क रक्तसञ्चार कोषमा रु ५२ लाख सङ्कलन

एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छ: मन्त्री अधिकारी

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान